७ असार २०८२, शनिबार | Sat Jun 21 2025


झापामा चुनाव तयारी अन्तिम चरणमा, दलहरु जुटे प्रचारमा


0
Shares

राजनीतिक दलहरुले चुनावी प्रचार तीव्र बनाइरहँदा जिल्ला निर्वाचन कार्यालय झापाले चुनावी तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

जिल्ला निर्वाचन प्रमुख गोपालप्रसाद आचार्यले झापाका सबैमा स्थानीय तहमा निर्वाचन सामग्री पठाउन लागिएको बताए । आठ नगरपालिका र सात गाउँपालिकासहित १५ स्थानीय तह भएको झापामा यसपटक पाँच लाख १० हजार दुई सय १६ जना मतदाताले आफ्नो अधिकार प्रयोग गर्दै छन् ।

यसका लागि ६ सय ३७ मतदान केन्द्र र दुई सय ८३ मतदानस्थलको व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । निर्वाचनको माहोल तातिदै गर्दा निष्क्रिय बसेका कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता यतिबेला आफ्ना उम्मेदवारलाई साथमा लिएर घरदैलो अभियानमा जुटिरहेका छन् ।

चुनावी प्रचार अभियान तीव्र भइरहँदा ठूलापार्टीको ध्यान झापाका प्रमुख स्थानीय तहमा आफ्नो पार्टीलाई कसरी जिताउने भन्नेमा बढी केन्द्रीत भएको छ ।