प्रधानमन्त्री र राजपाका नेता यादवबीच भेटबार्ता, निर्वाचनमा आउन आग्रह « Image Khabar


प्रधानमन्त्री र राजपाका नेता यादवबीच भेटबार्ता, निर्वाचनमा आउन आग्रह


Imagekhabar
३ असार २०७४, शनिबार ११:५५

प्रधानमन्त्री देउवाको निजी निवास बुढानिलकण्ठमा प्रधानमन्त्री र राजपाका शीर्ष नेता महेन्द्र यादवबीच छलफल भएको हो ।

नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले राजपाका नेता महेन्द्र यादवलाई लिएर प्रधानमन्त्रीको निवासमा पुगेका हुन् ।

छलफलका क्रममा प्रधानमन्त्री देउवाले असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन राजपाका नेतालाई आग्रह गरेका छन् ।

उनले स्थानीय तहको निर्वाचनपछि राजपाका माग सम्बोधन गर्न आफू तयार रहेको भन्दै निर्वाचनमा सहयोग गर्न आग्रह गर्नुभएको बताइएको छ ।

छलफलमा स्थानीय तहको निर्वाचन र राजपाका माग सम्बोधन गर्नेलगायतका विषयमा छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्