Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


त्रिशूली नदीमा डुबेर बेपत्ता


0
Shares

                                                                                फाइल फोटो
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा शनिबार दिउँसो करिब २ः३० बजेको समयमा तनहुँको देवघाट गाउँपालिका–८ घर भइ भरतपुर महानगरपालिका वडा नम्बर–२९ मा डेरा गरी बस्ने २५ वर्षीय भीमबहादुर थापा नदीमा डुबेर बेपत्ता भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

भरतपुर महानगरपालिकाको वडा नम्बर–२९ स्थित दासढुंगामा उनी माछा मार्न गएकाबेला पौडी खेल्न नदीमा गएको प्रहरीले जनाएको छ । सोहीक्रममा नदीमा डुबेका उनको अवस्था अज्ञात छ ।

प्रहरी र स्थानीयको एक टोलीले खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रासस