१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


खुकुरी हानेर फरार रहेका समातिए


0
Shares

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बेलचौतराको संयुक्त टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रेष्ठलाई शुक्लागन्डकी–४ दुलेगौडाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।

श्रेष्ठ व्यास नगरपालिका–१ का ३३ वर्षीय सन्तोष दरै र सोही नगरपालिका–२ का २४ वर्षीय सुरज कायस्थलाई म्याग्दे गाउँपालिका–४ मनहरीमा खुकुरी प्रहार गरी फरार रहेका थिए ।

श्रेष्ठलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रासस