Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


नबिल बैंक र विश्व वन्यजन्तु कोष सम्झौता


0
Shares

काठमाडौं । नबिल बैंक र विश्व वन्यजन्तु कोषले दिगो वातावरण विकासमा काम गर्ने समझ्दारी गरेका छन् ।

दिगो वातावरण विकासबारे बैंक र कोषबीच आफ्ना कर्मचारीलाई जानकारी दिने र यसमा काम गर्ने समझ्दारी गरेका हुन् ।

समझ्दारी पत्रमा मंगलबार कोषका नेपालका प्रतिनिधि डा. घनश्याम गुरुङ र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले हस्ताक्षर गरे ।

५ वर्षका लागि गरिएको सम्झौताले दिगो विकासको लागी वातावरणिय विकासमा सहयोग पुग्ने विश्वास उनीहरुको छ ।