सार्वजनिक स्थलमा राखिएका पार्टीको झन्डा र व्यानर हटाइयो « Image Khabar


सार्वजनिक स्थलमा राखिएका पार्टीको झन्डा र व्यानर हटाइयो


Imagekhabar
४ असार २०७४, आईतवार ०९:१५

आचारसंहिता मिचेर सार्वजनिक स्थलहरुमा राखेका चुनाव चिन्ह अंकित झन्डा, व्यानर लगायत प्रचार सामग्री हटाउन निर्वाचन कार्यालयले निर्देशन दिएपछि उनीहरुले हटाएका हुन् ।

कार्यालयको निर्देशनपछि दलहरुले सदरमुकाम म्याङ्लुङ, जिरिखिम्ती, लसुने, बसन्तपुर, शुक्रबारे, मोराहाङ, पोक्लाबाङ, संक्रान्तिबजारलगायत ठाउँका सार्वजनिक स्थानमा राखिएका प्रचार सामग्री हटाएका हुन् ।

यसअघि विभिन्न राजनीतिक दलहरुले विजुलीका पोल, मन्दिर, सार्वजनिक स्थान, चौतारा, विद्यालय परिसरलगायत स्थानमा आ–आफ्नो पार्टीको झन्डा र चुनाव चिन्ह अंकित प्रचार सामग्री टाँगेका थिए ।

प्रतिक्रिया दिनुहोस्