Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


धनगढी प्रिमियर लिगका लागि विराटनगर किंग्सका खेलाडीहरुको नाम सार्वजनिक


0
Shares

काठमाडौं । यही माघ २६ गतेदेखि शुरु हुने धनगढी प्रिमियर लिगमा विराटनगर किंग्सबाट खेल्ने खेलाडीहरुको नाम सार्वजनिक गरिएको छ ।

आज राजधानीमा कार्यक्रम गरी करण केसीको कम्तानीमा खेल्ने खेलाडीहरुको नाम सार्वजनिक गर्नुका साथै जर्सी वितरण गरिएको हो ।

गत बर्ष विराटनगर किङ्सको कप्तानी पारस खड्काले गरेका थिए ।

यस्तै विराटनगर किङ्सले भारती खेलाडीहरु अभिनाश यादव र शिबकान्त शुक्ललाई पनि टीममा सहभागी गराएको छ ।

यस्तै विराटनगर किङ्को नाम परिवर्तन गरेर श्री एयरलायन्स विराटनगर किङ्स राखिएको पनि सो अवसरमा जानकारी दिइएको थियो ।