२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


कैदीबन्दीको उपचारका लागि रु आठ करोड खर्च


0
Shares

देशभरका ७४ कारागारमा रहेका १८ हजारको हाराहारीमा रहेका कैदीबन्दीको स्वास्थ्योपचारका लागि वार्षिक उक्त रकम खर्च गर्दै आएको हो ।

विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले सामान्य बिरामीको उपचार सम्बन्धित कारागारभित्रबाट गरिँदै आएको र गम्भीर बिरामीको उपचार व्यवस्था केन्द्रीय कारागार अस्पताल जगन्नाथ देवलबाट गरिएको जानकारीदिए ।

“मानसिक बिरामीलाई पाटन र धुलिखेलबाट तथा क्यान्सर बिरामीलाई चितवनको क्यान्सर अस्पतालबाट उपचार सेवा प्रदान गर्दै आइरहेका छौँ”, महानिर्देशक घिमिरेले भने ।

विभागले देशभरका ७४ कारागारका बिरामी कैदीबन्दीको उपचारका लागि एक अहेव तथा केन्द्रीय कारागार अस्पतालमा उपचारका लागि सात चिकित्सकको व्यवस्था गरेको छ ।

सरकारले कैदीबन्दीको रासन, पानी तथा औषधोपचारका लागि वार्षिक रु ६५ करोड खर्च गर्ने गरेको विभागले जनाएको छ । रासस