२० श्रावण २०८२, मंगलबार | Wed Aug 6 2025


३३ किलो सुन तस्करी प्रकरणमा संलग्न हरि खड्का युएईमा पक्राउ


0
Shares

काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणमा दुबईबाट सुन पठाउने हरि खड्का युएईमा पक्राउ परेका छन् ।

लामो  समयदेखि युएईमा बस्दै आएका काभ्रेका खड्कालाई स्थानीय प्रहरीले पक्राउ गरी नेपाल प्रहरीको हेडक्वार्टरलाई खबर गरेको प्रहरीले जनाएको छ ।

उनी विरुद्ध नेपाल प्रहरीले इन्टरपोल मार्फत रेडकर्नर नोटिस जारी गरेको थियो ।

३३ किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीबाट सर्वाधिक खोजी गरिएका खड्कालाई नेपाल ल्याउने प्रक्रिया अघि बढेको पनि प्रहरीले जनाएको छ ।

उनले गोरे भनिने चूडामणि उप्रेतिसंग मिलेर युएईबाट सुन नेपाल पठाउने गरेको उक्त प्रकरण छानविन समितिको निष्कर्ष रहेको छ ।