२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


पक्राउ परेका व्यक्ति प्रहरीचौकीबाटै हतकडीसहित फरार


0
Shares

सबै प्रहरी सुतिरहेको अवस्थामा सिन्धुलीको चकमके प्रहरीचौकीबाट हतकडीसहित उनी फरार भएको हो ।

फरार हुनेमा तीनपाटन गाउँपालिका–११ लाम्पान्टारका २३ वर्षीय चन्द्रबहादुर श्रेष्ठ रहेका छन् ।

श्रेष्ठले मदिरा सेवन गरी श्रीमती, परिवारका सदस्य तथा छिमेकीसमेतलाई कुटपिट गरेको उजुरी परेपछि प्रहरीचौकी चकमकेले आइतबार उनलाई पक्राउ गरेको थियो ।

पक्राउ गरिएका श्रेष्ठलाई प्रहरीचौकीमा नै प्लास्टिकको कुर्सीमा पछाडि हात राखेर बाँधी हतकडी लगाएको थियो ।

फरार श्रेष्ठको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराले बताए । रासस