 
	    इकेबुकरो टोकियो स्थिति गामबेशी दोहोरी हलमा जम्मा भएका सयौं नेपाली माझ उनको बेली डान्सले निकै राम्रो प्रशंसा बटुलेको छ ।
ग्लोबल गोर्खा नेप्लिज काउन्सील(जीजीएनसी) शाखा विस्तारका क्रममा यही साता टोकियो उत्रिएकी अनितासँग स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती दिए ।
कार्यक्रमपछि काउन्सीलको समिति गठन गरियो । समितिको अध्यक्षमा विश्व अधिकारी, बरिष्ठ उपाध्यक्षमा मिनाकुमारी श्रेष्ठ, उपाध्यक्षमा रिता खत्री, तेज लामा, गोकर्ण बर्तौला चयन भएका छन् ।
त्यस्तै महासचिवमा सोम लम्साल, सचिवमा चेतन घर्तीमगर र रविन्द्र उप्रेती, कोषाध्यक्षमा शान्ता जिसी सर्बसहमतमा चयन भए ।
सदस्यहरुमा दिपक कार्की, ईश्वर थापा, मदन थापा, सुदिप लामिछाने, समुन्द्र राज पौडेल, रमेश अर्याल चयन भए ।
उत्तम कुमार श्रेष्ठ संरक्षक रहने गरी विस्तार भएको समितिको सल्लाहकारहरुमा हरि चन्द्र लामा, पदम गुरूङ, प्रकाश पौडेल, अनुप केसी, नबिन थापा मगर चयन भए ।
कार्यक्रममा प्रमुख अथिति नेपाल पर्यटन बोर्डका अवैतानिक पर्यटन प्रतिनिधि अनुज थापा, विशेष अथितिमा रामेछाप समाज जापानका अध्यक्ष तथा ग्लोबल गोर्खा नेप्लीज काउन्सिल जापान संरक्षक उत्तम कुमार श्रेष्ठ, अथितिहरु जनसम्पर्क समिति जापानका महामन्त्री रामजङ कार्की, जनप्रगतिशिल मंचका उपमहासचिव बाबुराम पौडेल ,राप्ती समाज जापानका अध्यक्ष विशेश्वर रेग्मी, एनआरएनकी महिला प्रतिनिधि कालिका थापा, दोलखा समाजका अध्यक्ष नवराज थापा, मदुर संगठनका पदम गुरूङ, गामबेसी दोहोरीको संचालक हरि लामा, अनुप केसी,नविन थापा मगरले ग्लोबल गोर्खा नेपाली काउन्सील जापानमा विस्तारमा भएकोमा प्रशंसा गर्दै शुभकामना व्यक्त गरे ।
नेपाली कलाकारिता, साहित्य, संगीत, पत्रकारिता र खेलकुदलाई विश्वभर प्रवद्र्धन र प्रचार गर्ने उद्देश्यले बेलायतमा स्थापना भएको ग्लोबल गोर्खा नेप्लीज काउन्सिल, नेपाल, युएइ हुँदै यसपटक जापानमा विस्तार भएको हो ।
प्रकास पौडेलको सभापतित्वमा भएको कार्यक्रममा अथितिहरू निराजन गैरै, दिपक मगर, रविन्द्र गोर्खाली, सन्तोस चोखाल, रमेश मगर, टासी लामा लगायतले संस्था स्थापना भएकोमा खुशी ब्यक्त गरे ।
काउन्सीलको अन्तराष्ट्रिय समितिको कलाकारिता विभागमा आबद्ध मोडेल अनिता लिम्बुले जापानमा विस्तार भएको समितिले उल्लेखनीय कार्य गर्नेमा विश्वास ब्यक्त गरिन ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्