काठमाडौं । राजस्व अनुसन्धान विभागले हुण्डी कारोबारको आरोपमा ८ जना विरुद्ध ४ अर्ब १६ करोड रुपैयाँ बिगो दावी सहित जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको छ ।
विभागले रामेश्वर साह, उनकी श्रीमती मीनादेवी साह, विजय यादव, मोख्त अहमद, सन्तोष महतो, नरेश महतो, सुरज ठाकुर र पप्पुकुमार दास विरुद्ध उक्त रकम बराबरको माग दाबी सहिति मुद्दा दायर गरेको जनाएको हो ।
उनीहरुले मोबाइल एप्लिकेसन मार्फत विदेशी मुद्रा र नेपाली रुपैयाँ हुण्डीको माध्यमबाट विभिन्न सांकेतीक भाषाको प्रयोग गरि ठुलो परिमाणमा अवैधरुपमा अन्तरदेशीय कारोबारसमेत गरेको प्रमाणित भएको विभागले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्