Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


मुग्लिन सडकखण्डमा पहिरो जाँदा प्रहरीको भ्यान पुरियो, दुई प्रहरीको शव फेला, दुईजना अझै बेपत्ता


0
Shares

घटनास्थलबाट इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक निश्चल तामाङ, प्रहरी जवान दीपककुमार मास्केको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

यस्तै प्रहरी भ्यानमा रहेका प्रहरी जवान सन्दीप कार्की र लीलबहादुर चेपाङ भने अझै बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाले राति १ बजेर ५ मिनेट जाँदा पहिरोले प्रहरीको ना१झ ९३ नम्बरको भ्यान र ना५ख ७८२७ नम्बरको ट्रकलाई पहिरोले पुरेको जानकारी दिए ।

ट्रकका चालक र सहचालकलाई भने उद्धार गरिएको छ । ट्रक भने नदीमा खसेको थापाले बताए । 

रातिदेखि नै पहिरो पन्छाउने क्रम जारी रहेको छ ।