Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


विद्यार्थीको मृत्युपछि विद्यालयमा तोडफोड


0
Shares

विद्यालय प्रशासनको लापरबाहीका कारण विद्यार्थीको मृत्यु भएको आरोपसहित आफन्तले आक्रोश व्यक्त गर्दै विद्यालयमा तोडफोड गरेका हुन् ।

विद्यालय प्रशासनको लापारबाहीले घटना भएकाले घटनाको जिम्मा लिनुपर्ने र उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ ।

विद्यालय परिसरमै शव राखेर उनीहरुले बिहीबार साँझदेखि नै विद्यालय घेराऊ गरेका थिए ।

अहिले विद्यालय व्यवस्थापन समिति र मृतकका आफन्तबीच छलफल भइरहेको प्रहरी निरीक्षक प्रधुम्न अधिकारीले जानकारी दिए ।

समस्या समाधानपश्चात शवलाई परीक्षणको लागि फाप्लुस्थित जिल्ला अस्पताल ल्याइने भएको छ ।

बिहीबार अपराह्न ५.३० बजे दूधकौसीका गाउँपालिका–१ नेलेस्थित जोगरामा रेहको खहरेखोलाले बगाउँदा सोही स्थानको हिमशिखर बोर्डिङ स्कुलमा एल केजीमा अध्ययनरत् सात वर्षीय सागर कटुवाल र कक्षा–२ मा अध्ययनरत् ८ वर्षीया रचना बस्नेतको घटनास्थलमै मृत्यु भएको थियो ।

सोही खोलाले बगाउँदा दूधकौसीका गाउँपालिका–१ जोगराका २५ वर्षीया गणेश बस्नेत र सात वर्षीया सञ्जु कटुवालसमेत घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको बताइएको छ । रासस