Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


दुई प्रहरीको मृत्यु र दुई बेपत्ता रहेको मुग्लिन सडकखन्डको पहिरो यस्तो छ (भिडियो)


0
Shares

घटनास्थलबाट इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक निश्चल तामाङ, प्रहरी जवान दीपककुमार मास्केको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिएका छन् ।

यस्तै, प्रहरीभ्यानमा रहेका प्रहरीजवान सन्दीप कार्की र लीलबहादुर चेपाङ बेपत्ता छन् । चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

चितवन प्रहरी प्रमुख दीपक थापाकाअनुसार बिहीबार राति (शुक्रबार बिहान) १ बजेतिर गएको पहिरोले प्रहरीको एउटा भ्यान र ट्रक नदीमा खसालेको हो । ट्रकका सहयोगी चालकको उद्धार गरी उपचार गरिँदैछ ।

इच्छाकामनाको चारकिलो भन्ने ठाउँमा गएको पहिरो पन्छाएर फर्कनेक्रममा कालीखोलाको अर्को पहिरोमा प्रहरीको दुबै गाडी परेको जनाइएको छ ।

भिडियो हेर्नुहोस्