Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


‘खानेपानी वितरण र व्यवस्थापनमा नयाँ प्रविधि आवश्यक’


0
Shares

सोसाइटी अफ पब्लिक हेल्थ इन्जिनियर्सले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उनीहरुले खानेपानी व्यवस्थापनका लागि नयाँ प्रविधि आवश्यक भएको बताएका हुन् ।

कार्यक्रममा इन्जिनियर किशोर शाक्यले पानी चुहावट नियन्त्रण र व्यवस्थापनकार्य परम्परागत भएको भन्दै अब नयाँ प्रविध अंगाल्नुपर्नेमा जोड दिए ।

यस्तै, सोसाइटी अफ पब्लिक हेल्थ इन्जिनियर्स नेपालका अध्यक्ष रामदीप शाहले काठमाडौं उपत्यकामा आवश्यक पानी र चुहावटकोबारेमा तथ्यांक नभएको भन्दै व्यवस्थित कार्ययोजनाको खाँचो रहेको बताए ।

नयाँ प्रविधिबाट खानेपानी वितरण नभए केहि वर्षभित्र उपत्यकामा खानेपानीको संकट हुने उनको भनाइ थियो ।

नयाँ प्रविधिकोबारेमा कोरियाबाट आएका इन्जिनियरहरुले जानकारी दिने बताइएको छ ।

सो अवसरमा खानेपानी र प्रविधिकोबारेमा मनीष पोखरेल, सुनील दास, राजेन्द्र सापकोटाले प्रस्तुत् गरेको कार्यपत्रका विषयमा पनि छलफल भएको थियो ।