
आयोगले राजस्व अनुसन्धान मध्यपश्चिमाञ्चल तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय कोहलपुर, बाँकेका अनुसन्धान अधिकृत भीमप्रसाद घिमिरे र कम्प्युटर अधिकृत गोविन्दबहादुर शाहीलाई शुक्रबार नियन्त्रणमा लिएको प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए ।
आयोगको कार्यालय कोहलपुरबाट खटिएको टोलीले रु पाँच लाख ७० हजार घुस रकमसहित दुबैजनालाई कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो ।
व्यापारीबाट नियन्त्रणमा लिइएका करलगायतका कागजात मिलाइदिने प्रयोजनका लागि उनीहरुले घुस रकम माग गरेका थिए ।
नियन्त्रणमा लिएका दुबैजनामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्