काठमाडौं, माघ २० । नेपालका लागि चिनियाँ राजदूत हाउ यान छिले ‘वान बेल्ट वान रोड’ ( ओबीओआर) मा नेपालसँग मिलेर जाने प्रतिबद्धता जनाएकी छन् ।
चिनियाँ नयाँ वर्षको अवसरमा अरनिको समाजले आज ललितपुरमा गरेको कार्यक्रममा उनले नेपालमा चीनले लगानी बढाउने र ‘ओबीओआर’मा मिलेर अघि बढ्ने बताइन् ।
दुई देशबीचको सम्बन्धलाई नयाँ उचाई दिने र विकासमा पनि सहकार्य गर्नुपर्नेमा राजदूत हाउको जोड थियो ।
कार्यक्रममा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसहित विभिन्न दलका नेता तथा सांसदहरुको सहभागिता थियो ।









प्रतिक्रिया दिनुहोस्