३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


हिमाल श्रेष्ठको गीतमा बिनोद र ऋचाको यसरी झांगियो प्रेम (भिडियो)


0
Shares

हालै एल्बम सर्मपण सार्वजनिक गरे लगत्तै एल्बममा समावेश गीतहरु तिमी मेरो म तिम्रो, विरको शिर लगायतका गीतको चर्चा बढिरहेका बेला सानीले बोलको म्यूजिक भिडियोले सांगीतिक बजारमा राम्रो चर्चा बटुलीरहेको छ ।

सानीलेको म्यूजिक भिडियो सार्वजनिक भएसँगै उनी अन्तरवार्ता दिन र फोन उठाउनमा ब्यस्त बन्न थालेको बताउँछन् ।

प्रेम र बिछोडको विषयबस्तुलाई मुख्य रुपमा उठाइएको सानी बोलको गीत को भिडियोमा अभिनेता समेत रहेका मोडल बिनोद श्रेष्ठ र ऋचाले अभिनय गरेका छन् ।

मायालुबाट टाढिनु पर्दाका क्षणहरु भिडियोमा देखाउने कोसिस गरिएको छ । भिडियो कुमार केसीले निर्देशन गरेका हुन् ।

गीतमा स्वर तथा शब्द गायक श्रेष्ठकै रहेको छ भने बुद्ध स्यांबाले संगीत भरेका छन् । अजय रेग्मीको छायांकन रहेको भिडियोलाई अनुप शिवाकोटीले सम्पादन गरेका छन् ।