काठमाडौं, माघ २० । नेपाल बैंकर्स संघले संस्थागत निक्षेपकर्ताको ब्याजदर बढाउने सहमती गरेको छ । संघले नवीकरण गर्दा ०.१ प्रतिशत बिन्दु माथिसम्म दिन पाइने सहमति गरेको हो ।
आइतबार बसेको संघको बैठकले यस्तो सहमती गरेको हो । संघले यसअघि नै गरेको ब्याजदरको पूर्वसहमति केही बैंकले तोडेपछि यस्तो सहमती गरेको हो ।
संस्थागत निक्षेपकर्तालाई दिने ब्याज ८.५ प्रतिशतमाथि प्रकाशित गर्न नपाउने संघले यसअघि सहमती गरेको थियो । नविकरण गर्ने निक्षेपमा बैंकबीच ब्याज बढाबढ गर्ने प्रतिस्पर्धा चलेपछि त्यसलाई रोक्न यस्तो सहमती गरेको बैंकर्स संघका सदस्य रत्नराज बज्राचार्यले बताए ।
एक महिनामै ५०/६० अर्बको नविकरण गर्नुपर्ने हुन्छ । नविकरण गर्दा अलिकती बढाउन पाउँदा त्यसले बैंकहरुलाई राहत मिल्ने उनले बताए । संस्थागत निक्षेप आफुकहाँ टिकाउन बैंकहरुबीच अस्वस्थ प्रतिस्पर्धा बढेसँगै यस्तो सहमति भएको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्