
प्रतीकात्मक तस्वीर
मलङ्गवाबाट काठमाडौं आउँदै गरेको ना ५ ख २७७० नम्बरको यात्रुवाहक बसमा व्यवसायी रामबाबु ठाकुरले चारवटा जिउँदो बाख्रा तथा १८ वटा मरेका बाख्रा ल्याएको पाइएको छ ।
पशुपक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले काठमाडौं उपत्यकामा मासु आपूर्ति गर्ने उद्देश्यले ल्याइएका ती बाख्रा क्वारेन्टाइनका कर्मचारीले जाँच गर्दा भेटिएपछि बसलाई नियन्त्रणमा लिएर व्यवसायी ठाकुरलाई पक्राउ गरेको जानकारी दिए ।
पशु स्वास्थ्य तथा पशुसेवा ऐन– २०५५ ले निर्दिष्ट गरेअनुसार कारबाहीका लागि सिफारिस गरिनेछ । अभियुक्तलाई सजाय सावित भएमा रु पाँच हजार जरिवाना गर्न सकिनेछ । (रासस)
प्रतिक्रिया दिनुहोस्