
विराटनगर, माघ २० । विराटनगर महानगरपालिका– ८ बलुवाइकी ११ वर्षीया बालिका रुमती दासको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
स्थानीय १९ वर्षीय चन्दु महतो र २५ वर्षीय अब्बास अन्सारीलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।
माघ १३ गते छिमेकीको घरमा टिभी हेर्न गएकी बालिकाको शव भोलिपल्ट घर नजिकै खोलामा फेला परेको थियो । अभियुक्तद्वयले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले जानकारी दिए ।
घर बाहिर निस्किएकी बालिकालाई मदिरा सेवनको अवस्थामा अपहरण गरी बलात्कार गरेको बयान उनीहरुले दिएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्