२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


किशोरीको बलात्कारपछि हत्या गरेर फरार रहेका अभियुक्त ६ वर्षपछि समातिए


0
Shares

मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडा र अपराध महाशाखाको संयुक्त टोली सुन्तली तामाङको बलात्कार र हत्यामा संलग्न रहेको आरोपमा श्याम राउतलाई पक्राउ गरेको हो ।

प्रहरीले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी राउतलाई सार्वजनिक गरेको छ ।

मध्य क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख डीआईजी गणेश केसीले अभियुक्तलाई भैरहवाको सुनौलीबाट पक्राउ गरिएको जानकारी दिए ।

उनले भारतमा लुकिछिपी काम गर्दै आएका राउतलाई भारतीय प्रहरीसँगको समन्वयमा आफन्तलाई भेट्न नेपाल आउनेक्रममा पक्राउ गरिएको बताए ।

अभियुक्त राउतले बलात्कारपछि हत्यामा आफ्नो संलग्नता रहेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीको पत्रकार सम्मेलनमा उपस्थित मृतक सुन्तली तामाङकी आमा डिल्लीमाया तामाङले रामेछापका तत्कालीन डीएसपी सन्जीप शर्मालाई पनि कारबाही गर्नुपर्ने माग गरिन् ।

उनले डिएसपी शर्माले अभियुक्तलाई भगाएको आरोप लगाइन् ।