३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


‘सायद २’को दोस्रो ट्रेलरमा जे देखियो (भिडियो)


0
Shares

यही असार ३० गतेबाट रिलिज हुन लागेको सायद २ को दोस्रो ट्रेलरमा युवापुस्ताको मस्ती, प्रेम–विछोडलाई नै स्थान दिइएको छ ।

सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, रुविना श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको फिल्ममा पुष्पराज न्यौपानेको लेखन तथा निर्देशन रहेको छ ।

‘सायद २’ सुनिल रावल, ईश्वर श्रेष्ठ र सुभाष लामिछानेले मिलेर बनाएका हुन् ।

फिल्ममा राजुविक्रम थापाको छायाँकन, दीर्घ खड्काको सम्पादन, अष्ट महर्जनको द्वन्द्वनिर्देशन देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस्