२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


असार १९ देखि दराज केमु मोबाइल सप्ताह, ‘सस्तोमा मोबाइल खरिद गर्न सकिने’


0
Shares

नेपालसहित दक्षिण एसियाली मुलुकहरु पाकिस्तान, बंगलादेश, श्रीलंका तथा म्यानमारमा विगत तीन वर्षदेखि अनलाइन प्लेटफर्ममार्फत् विभिन्न सामग्रीको व्यापार गर्दै आएको दराज केमु प्रालिले मोबाइल सप्ताह सन्चालन गर्न लागेको हो ।

सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी दराज केमु प्रालिले मोबाइल सप्ताहकाबारेमा जानकारी गराएको हो ।

असार १९ देखि २३ गतेसम्म केमुडटकम डटएनपीमा चल्ने अनलाइन मोबाइल सप्ताहमा अहिलेको बजार मूल्यभन्दा धेरै सस्तो मूल्यमा मोबाइल खरिद गर्न सकिने आयोजकले जनाएको छ ।