
योसँगै अदालतले शरणार्थीमाथि प्रतिबन्ध लागू गर्न ह्वाइट हाउसको आपतकालीन अनुरोधलाई पनि स्वीकृति दिएको छ । अदालतले अमेरिकामा बसोबास गर्ने व्यक्तिको पारिवारिक या अमेरिकी संस्थानसँग सम्बन्ध रहेकाहरुमाथि व्यवहारिक रुपमा यात्रा प्रतिबन्ध थोपर्न नसकिने भन्दै बाँकी अरु मुलुकका नागरिक माथि भने फैसला लागू हुने उल्लेख गरेको छ ।
यसबाट अमेरिकासँग पारिवारिक, शैक्षिक या रोजगारीको सम्बन्ध नभएका देशका नागरिकलाई समस्या पर्ने देखिएको छ । यात्रा प्रतिबन्धमा ६ मुस्लिम बहुल देशका नागरिकले अमेरिका भ्रमणमा ९० दिनको र शरणार्थीलाई १ सय २० दिनको प्रतिबन्धको व्यबस्था गरेको छ ।
अदालतको यो फैसलालाई ट्रम्पको जितको रुपमा समेत हेरिएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । फैसलाले राष्ट्रिय सुरक्षाको विषयमा राष्ट्रपतिसँग व्यापक शक्ति रहेको पुष्टि गरेको छ ।
तल्लो अदालतले भने ट्रम्पको कार्यकारी आदेशविरुद्ध फैसला सुनाएको थियो । राष्ट्रपतिको पदभार ग्रहण गरेपछि ट्रम्पले जनवरी २७ मा यात्रा प्रतिबन्धको आदेश जारी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्