
भारतीय संचारमाध्यमका अनुसरा सिक्किम क्षेत्रमा भारत–चीन सीमामा पछिल्लो पटक तनाव उत्पन्न भएको हो । चिनियाँ सेनाले सीमा क्षेत्रमा गरेको कारवाहीमा भारतीय सेनाका बंकर ध्वस्त बनाएको हो ।
सिक्किमको डोका ला जनरल क्षेत्रमा भएको सो घटनामा मानवीय क्षति भने नभएको बताइएको छ । चिनियाँ कारवाहीका क्रममा भारतीय सेनासँग झडपसमेत भएको बताइएको छ । यद्यपि यससम्बन्धी विस्तृत विवरण खुलाइएको छैन ।
भारतीय सेनाले मानव शृङ्खला बनाएर चिनियाँ सेनालाई भारतीय क्षेत्रमा प्रवेश गर्नबाट रोकेको बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्