२० श्रावण २०८२, मंगलबार | Wed Aug 6 2025


गुण्डा नाइके राजु गोर्खाली पक्राउ


0
Shares

काठमाडौं, माघ २० । गुण्डा नाइके राजु गोर्खालीलाई अपराध अनुसन्धान महाशाखाको टोलीले आज नयाँ बानेश्वरबाट पक्राउ गरेको छ ।

राजधानीको काठमाडौं मलमा रहेका अधिकांश पसलहरु सञ्चालन गर्दै आएका गोर्खालीलाई व्यापारीहरुलाई धम्की दिदैं बढी भाडा असुल गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

गोर्खालीले काठमाडौं मल भाडामा लगाउन ठेक्काको काम गर्दै आएका थिए । उनीमाथि अब सांगठनिक अपराध अन्तर्गत मुद्दा चलाइने अपराध अनुसन्धान महाशाखाका प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए ।

गुण्डागर्दीका नाममा अपहरण, फिरौती, जबरजस्ती असुली, ठेक्कापट्टा आदिमा संलग्न गोर्खाली पटक पटक पक्राउ पर्दै छुट्दै आएका थिए ।