
दार्चुला, असार १९ । दार्चुलाको महाकाली नगरपालिका–७, धापबाट जिल्ला सदरमुकाम खलंगाका लागि छुटेको म१ज २६८ नम्बरको जीप दुर्घटना हुँदा जीपमा सवार सातजना घाइते भएका छन् ।
घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
जीप वडा नम्बर–७ मा रहेको मालिकार्जुन मावि धापको पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी सोही ठाउँका १६ वर्षीय प्रतिभा जोशी र ४५ वर्षीय रमेश रैखोला गम्भीर घाइते भएका छन् ।
घाइतेमध्ये पाँचजनालाई जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचारपछि घर फर्काइएको छ भने गम्भीर घाइतेको उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।
उनीहरुलाई २४ घन्टासम्म लागि अस्पतालमा राख्नुपर्ने चिकित्सकले बताएका छन् ।
दुर्घटना के–कति कारणले भयो ? भन्ने यकिन नभएको प्रहरीले जनाएको छ ।
घटनाकाबारेमा थप अनुसन्धानका लागि चालक भूपिराम महर र सहचालक नवीन विष्टलाई नियन्त्रणमा लिइ सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
पर्खालमा ठोक्किएको जीपको अगाडिको भागमा क्षति पुगेको छ । रासस
प्रतिक्रिया दिनुहोस्