
घरायसी विवादमा दिउँसो ३ बजेतिर भगवानपुर गाउँपालिका–१ निवासी बालकृष्ण यादवले खुकुरी प्रहार गरी आफ्नी श्रीमती २९ वर्षीया रामकला यादवको हत्या गरेको प्रहरीले जनाएको छ ।
घरायसी विवादमा बालकृष्णले प्रहार गरेको खुकुरी घाँटीमा लागेर रामकलाको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए ।
श्रीमतीको हत्या गर्ने बालकृष्णलाई पक्राउ गरिएको र रामकलाको शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल ल्याइएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए ।
श्रीमतीको हत्या गर्ने बालकृष्ण लागुऔषध मुद्दामा जेल सजाय भुक्तान गरी केही दिनअघिमात्र घर फर्केका थिए ।
दुई छोरी र एक छोराकी आमा रामकलाको बालकृष्णसँग करिब ९ वर्षअघि विवाह भएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्