
राष्ट्रपति निकोलस मदुरोले सर्वोच्च अदालतमा प्रहरीको हेलिकोप्टरबाट हमला भएको बताएका छन् । उनले उक्त हमलालाई ‘आतंकवादी घटना’ भनेका छन् ।
समाचार एजेन्सीहरुका अनुसार ओस्कार पेरेज नाम गरेका सैन्य अधिकारीले सो हेलिकोप्टर नियन्त्रणमा लिएर हमला गरेका हुन् । उनी स्वयं उक्त हेलिकोप्टरमा सवार थिए ।
अनलाइनमा पोस्ट गरिएको एक भिडियोमा राजधानी कराकसको आकाशमा उक्त हेलिकोप्टर उडेको देखिन्छ । सोही क्रममा विस्फोटको आवाज पनि सुनिन्छ ।
सरकारी अधिकारीहरुका अनुसार हमलाअघि ओस्कारले हेलिकोप्टर नियन्त्रणमा लिएका थिए ।
हमलाअघि ओस्कारले सन्देश जारी गर्दै सरकारलाई ‘आपराधिक’ संज्ञा दिएका थिए । उनले त्यस्तो सरकारविरुद्ध कारवाही गर्नका लागि सबैलाई अपीलसमेत गरेका थिए ।
सर्वोच्च अदालतमा भएको आक्रमणमा के कति क्षति भयो भन्ने प्रष्ट विवरण आइसकेको छैन ।
भेनेजुएलामा केही महिनादेखि सरकारविरोधी प्रदर्शन हुँदै आएको छ । प्रदर्शनमा हालसम्म ७० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।
भेनेजुएलाको सर्वोच्च अदालतमा सरकारको नियन्त्रण रहँदै आएको छ । केही अघि सर्वोच्च अदालतले राष्ट्रपतिको अधिकार बढाउने दिशामा महत्वपूर्ण कदम बढाएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्