Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


बर्नमाउथसँग पराजित भएर आलोचित चेल्सीको उत्कृष्ट पुनरागमन


0
Shares

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा गएराति चेल्सीले हडर्सफिल्ड टाउनलाई ५–० ले हराएको छ ।

अघिल्लो खेलमा बर्नमाउथसँग ४–० ले हारेपछि सवत्र्र अलोचित चेल्सीले गएराति उत्कृष्ट पुनरागमन गरेको हो ।

खेलमा चेल्सीलाई विजयी गराउन एडिन हाजार्ड र गोन्जालो हिग्वेनले दुई–दुई गोल गर्दा डेभिड लुईजले एक गोल थपे ।

प्रिमियर लिग फुटबलकै अर्को खेलमा टोटनह्याम हट्सपरले न्युकासल युनाईटेडलाई १–० ले हराउँदा वुल्भरह्याम्पटन वान्डरर्सले एभर्टनलाई ३–१ ले पराजित गर्‍यो । 

गएराति क्रिष्टल प्यालेसले फुल्हमलाई तथा कार्डिफ सिटीले बर्नमाउथलाई २–० ले हराए ।

यसैगरी बर्न्लेले साउथह्याम्पटनसँग १–१ गोलको बराबरी खेल्दा ब्राईटन र वाट्फोर्डले गोलरहित बराबरीमा चित्त बुझाए ।

प्रिमियर लिग फुटबलमा आज राति दुई खेल हुनेछन् । आज म्यानचेस्टर सिटीले आर्सनलसँग खेल्दा लेष्टर सिटी र म्यान्चेस्टर युनाईटेड भिड्नेछन् ।