२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


घरायसी विवादमा बेल्चा प्रहार गरी श्रीमानको हत्या


0
Shares

घरायसी विवादमा भनाभन हुँदा तारादेवी घर्तीले बेल्चा (साबेल) प्रहार गर्दा उनका श्रीमान् ७४ वर्षीय खड्कबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधबार साँझ आफ्नै घरमा झगडा हुँदा ६२ वर्षीया तारादेवीले दुईभन्दा बढी पटक श्रीमानको टाउकामा बेल्चाले हानेको प्रारम्भिक अनुसन्धानबाट देखिएको इप्रका, दरबाङ प्रहरीले जनाएको छ ।

अभियुक्त तारादेवीलाई उनको घरबाटै प्रहरीले नियन्त्रणमा लिएर जिप्रकामा ल्याउँदै गरेको प्रहरी निरीक्षक दिवाकर घिमिरेले जानकारी दिए ।

शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउँदै गरिएको छ । (रासस)