Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


वार्तामै नबस्ने साउदी अरेबियाको भनाइ अतिवादी : कतार


0
Shares

कतारको समस्या समाधानको लागि पछिल्लो पहलस्वरुप केही गल्फका देशले शर्त राखेका थिए । उनीहरुले १३ बुँदे प्रस्ताव पनि सार्वजनिक गरेका छन् । कुवेतको मध्यस्थतामा उनीहरुले सो प्रस्ताव सार्वजनिक गरेका हुन् ।

ती शर्तमध्ये साउदी अरेबियाले कतारको अल जाजिरा टेलिभिजन बन्द गर्नुपर्ने शर्त अघि सारेको छ ।

यसका साथै अरु मागप्रति आफू सहमत हुन नसकेको भनी कतारले आफ्नो देशको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्नु अन्तर्राष्ट्रिय कानुनविपरीत भएको धारणा राखेको थियो ।

ती शर्तकाबारेमा बसेर छलफल गर्ने तयारीका लागि कुवेतलगायतले साउदी अरेबियालाई आग्रह गरेका थिए ।

तर, साउदी अरेबियाले भने ती शर्तलाई कतारले पनि स्वागत नगरेकाले वार्तामा नै नबस्ने बताएको हो ।

उता, कतारले भने यसरी वार्तामै नबस्ने भनी साउदी अरेबियाले राखेको धारणा अतिवादी सोचबाट आएको बताएको हो । यसबारेमा उक्त गठबन्धनका अरु देशहरुको धारणा भने आएको छैन ।

उता, टर्किस् राष्ट्रपति रिसेप तैयप एर्दाेगानले पनि कतारमाथिको प्रतिबन्ध अन्तर्राष्ट्रिय कानुनविपरीत रहेको र त्यसलाई खुकुलो बनाउने निहुँमा ती देशले कतारमाथि राखेका विभिन्न शर्तहरु पनि अवैधानिक भएका टिप्पणी गरेका थिए ।

कतारकाथि उसका छिमेकी गल्फ देशले नाकाबन्दी लगाएका छन् । कतारमाथि नाकाबन्दी लगाउनुको साथै ऊसँगको कूटनीतिक सम्बन्ध पनि विच्छेद गरेका साउदी अरेबियालगायतका देशले पछिल्लो समयमा पुनः कतारमाथि विभिन्न शर्त राखेका छन् ।

टर्कीले कतारको समर्थन गर्दै आएको छ । टर्कीको सरकारी समाचार समिति ‘अनादोलु’ले राष्ट्रपति एर्दाेगानलाई उद्धृत गर्दै भनेको छ–‘हामी कतारको साथमा छौं, कतारले शर्त स्वीकार्य छैन भनी दिएको अभिव्यक्तिको हामी स्वागत गर्दछौं ।’

कतारमाथि यस्तो प्रतिबन्ध लागेको महिना दिन भएको छ । गल्फसहितका ६ ओटा देशले कतारमाथि शर्त राखेका छन् र कुवेतले समस्या समाधानका लागि मध्यस्थता गरेको छ ।

ती शर्तहरुमा दोहामा रहेको टर्कीको सैनिक पोस्ट हटाउनुपर्ने पनि भनिएको छ । कतार त्यो शर्तमा पनि सहमत भएको छैन ।

कतारले आतंककारीहरुलाई आश्रय र प्रश्रय दिएको आरोप मुस्लिम गल्फ देशहरुको रहेको छ । रासस/सिन्ह्वा

Skip This