३० असार २०८२, सोमबार | Tue Jul 15 2025


साउदीका खर्बपति जमीलसँग रिहानाको रोमान्स, को हुन् जमील ?


0
Shares

गत मंगलबार आयोजित स्पेनको एक पुल पार्टीमा रिहानासँगै साउदीका खर्बपति जमील देखिएका थिए ।

स्वीमिङ पुलमा उनीहरुबीचको अन्तरङ रोमान्सको फोटोहरु सार्वजनिक भएपछि रिहाना र जमीलको प्रेमसम्बन्ध यतिखेर चर्चाको विषय बनेको छ ।

रिहानाले स्पेनको पुल पार्टीमा ‘अफर’ गरेभन्दा बढी रकम हात पारेपछि यसको मुख्य कारण खर्बपति जमील नै रहेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

रिहानाले आफू जमीलसँग गहिरो प्रेम सम्बन्धमा परेको र जमीललाई पहिलेदेखि नै धेरै माया गरेकाले धेरै ‘सिरियस’ भएको बताएकी छन् ।

युवा व्यवसायी जमील साउदी अरबको अब्दुल लतिफ जमीलका कार्यकारी निर्देशक तथा प्रमुख हुन् । यो संसारकै सबैभन्दा ठूलो कम्पनीमध्येको एक हो । यसले अरबभरि टोयटा गाडीको बिक्री गर्दछ ।

रिहाना र जमीलबीचको रोमान्सका कारण भने रिहानाकै मिल्ने साथी अमेरिकन सुपमोडल नओमी च्याम्पबेल हुन् ।

द सन’काअनुसार गत वर्षको ‘ब्रिटिस समरटाइम फेस्टिभलमा’ नओमी र जमील प्रेमी–प्रेमिकाकारुपमा देखिएका थिए ।

खर्बपति जमीलले आफ्नै प्रेमिकाकी मिल्ने साथी रिहानालाई नै आफ्नो प्रेमिका बनाइदिएपछि नओमी पूर्वप्रेमिका बनेकी छन् ।

खबरको हल्लीखल्ली भएपछि रिहाना र नओमीबीच खटपट सुरु भएको छ । यसको फाइदा भने खर्बपति जमीलले रिहानासँग मस्ती गरेर लिइरहेका छन् ।

नओमीले नै रिहानाको हरेक सफलतामा मुख्य सहयोगीको भूमिका निभाउँदै आएकी थिइन् । दुई मिल्ने साथीबीचमा खर्बपति आएपछि दुबैबीच बोलचाल बन्द हुनुका साथै सामाजिक सन्जालमा एक–अर्कालाई ‘अनफलो’समेत गरेका छन् ।