४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


हङकङ सधैं मेरो मुटुमा रहेको छ : चिनियाँ राष्ट्रपति


0
Shares

ब्रिटेनले चीनलाई हङकङ हस्तान्तरण गरेको २० वर्ष पुगेको अवसरमा उनी बिहीबार (आज) हङकङ पुगेका हुन् ।

यस अबसरमा हङकङमा विशेष समारोहको आयोजनाको तयारी गरिएको छ भने प्रजातन्त्र समर्थक र बेइजिङ समर्थकहरुबाट बेग्ला–बेग्लै प्रदर्शनहरु भएका छन् ।

सी हङकङमा पुग्नुअघि धेरै प्रजातन्त्र समर्थक अभियानकर्ताहरु पक्राउ परेको बताइएको छ । तीन दिने सीको भ्रमणलाई उच्च प्रतिकात्मक भ्रमणका रुपमा समेत हेरिएको छ ।

हङकङ पुगेपछि राष्ट्रपति सीले हङकङ सधैं आफ्नो मुटुमा रहेको प्रतिक्रिया दिएका छन् । बेइजिङ हङकङको ठूलो सहयोगी रहेको र हङकङको आर्थिक विकास र प्रगतिमा सधैं सहयोगी रहने सीले स्पष्ट पारे ।

उनले सन् २०१२ मा चीनको नेतृत्व सम्हालेपछि हङकङमा राजनैतिक माहौल तातिरहेका बेला सी हङकङ भ्रमणमा रहेका हुन् । चीनको भूगाग रहेको हङकङमा एक मुलुक दुई व्यबस्था अन्तर्गत शासन सञ्चालित छ । (एजेन्सी)