
उनले यति चाँडै आगामी चुनावको तयारी गर्नुलाई असामान्य मानिएको छ । उनको चुनावी तयारीप्रति तिव्र विरोधसमेत शुरु भएको छ ।
राष्ट्रपति ट्रम्पले वासिंटनस्थित आफ्नो एक होटलमा सन् २०२० मा हुने चुनावका लागि सहयोग संकलन कार्यक्रम आयोजना गरे । यो कार्यक्रममा सहभागी हुने हरेक व्यक्तिले ३५ हजार डलर सहयोग गर्नुपर्ने व्यवस्था गरिएको थियो, जहाँ तीन सयवटा कुर्सीको व्यवस्था गरिएको थियो ।
रिपब्लिकन अधिकारीले यो कार्यक्रमबाट एक करोड डलर सहयोग संकलन गर्ने लक्ष्य राखेका थिए ।
राष्ट्रपति ट्रम्पले आयोजना गरेको यो कार्यक्रममा सञ्चारकर्मीलाई प्रवेश दिइएको थिएन । तर ट्रम्पले कार्यक्रम गरेको होटल बाहिर पुगेर सर्वसाधारणले भने विरोध गरेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्