काठमाडौं, माघ १९ । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले राजनीतिक संक्रमण अन्त्य भएको अवस्थामा अब विकास र समृद्धिमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
शनिबार नेपाल जुत्ता चप्पल उद्योगी व्यवसायी संघको राष्ट्रिय महाधिवेशनको काठमाडौंमा उद्घाटन गर्दै उनले संविधानले सुनिश्चित गरेको अधिकार व्यवहारमा उतार्न सरकारको ध्यान जानुपर्नेमा जोड दिए ।
नेता खनालले व्यावसायिक क्षेत्र नै विकासको मुख्य आधार भएको बताउँदै स्वदेशी उद्योगी व्यवसायी हीतअनुकूल कानुन बनाउनुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा नेपाल जुत्ता चप्पल उद्योगी व्यवसायी संघका अध्यक्ष नरेश कटुवालले साना व्यवसायीहरुको समस्यालाई बेवास्ता गरिएको भन्दै यसतर्फ राज्यको ध्यान जानुपर्ने बताए ।
कार्यक्रममा विभिन्न सन्चारकर्मीहरुलाई सम्मानसमेत गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्