२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


लागुऔषधसहित भारतीय पक्राउ


0
Shares

पूर्वपश्चिम राजमार्गअन्तर्गत् लहान नगरपालिका–१२ स्थित भोटियाटोलनजिकै सडकछेउमा नसालुपदार्थ सेवन गरी मानिस सुतिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले लागुऔषध चरेस र गाँजासहित भारतको विहार राज्यअन्तर्गत् सिवान जिल्ला सिसानी थाना मुइयान ग्रामपञ्चायत निवासी ३७ वर्षीय श्यामसुन्दरप्रसाद सुनारलाई पक्राउ गरेको हो ।

अभियुक्त सुनारका साथबाट प्लास्टिकको झोलामा टेपले बेरिएका अवस्थामा दुई किलो चरेस र ९८० ग्राम गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए । रासस