Logo १८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026


सेन्सर शब्द


0
Shares

-सचित राई

१९ माघपछि 

समाचार लेख्न बसेको म 

लेख्छु ‘बाइलाइन’ समाचार 

ब्यालेन्स मिलाउँछु ‘६ क’हरूको 

घरीघरी ‘टिपेक्स’ लगाउँछु 

भर्छु अर्का शब्दहरू 

खेल्छु शब्दहरूसँग 

रमाउँछु शब्दहरूसँग 

डराउँछु शब्दहरूसँग 

 

सकिन लागेको ‘डेडलाइन’

फ्याक्स गर्न खोज्छु 

इमेल गर्न खोज्छु 

सेन्सरसिप लाग्छ शब्दहरूमा 

पटक–पटक समाचार सेन्सर ! 

समाचार लेखिनँ र मैले ! 

 

थोरै विद्रोह/थोरै संवेदना 

थोरै आक्रोश/थोरै चुनौती 

थपिएकै हो समाचारमा 

पाएकै हो समाचारले नयाँ रंग

‘जदौ साहेब’ गर्न मानेन कलमले 

उस्तै पर्‍यो कवि–मन 

कहाँ थामिन्थ्यो र त्यसै ! 

कविता बनेर छताछुल्ल भएकै हो ।