
१७ नम्बर वडाको मतगणना सुरु गर्ने क्रममा एउटा बुथमा मुचुल्काभन्दा ३ वटा मतपत्र बढी भेटिएपछि मतगणना स्थगित भएको हो । त्यसैगरी अर्को एउटा बुथको मुचुल्कै हराएको पाइएपछि दलका प्रतिनिधिहरुले असन्तुष्टि जनाएका थिए ।
कैलालीका मूख्य निर्वाचन अधिकृत धनसिंह महराले हराएको मुचुल्का ल्याउन नसक्ने बताएपछि दलका प्रतिनिधिले विरोधस्वरुप मतगणना बहिस्कार गर्दै बाहिरिएका थिए ।
यसअघि पनि धनगढीमा गणनामा जोडिएको मत परिणाम र कम्प्युटरमा जोडिएको मत परिणाम फरक परेपछि दलहरुले बहिस्कार गर्दा मतगणना रोकिएको थियो ।
सहमतिका लागि दल र निर्वाचन आयोगबीच छलफलका प्रयास सुरु भएको छ । धनगढी उपमहानगरको वडा नम्बर १, २, १९ र १८ नम्बर वडाको मतगणना सम्पन्न भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्