२७ असार २०८२, शुक्रबार | Fri Jul 11 2025


रास्वपा र रविमाथि अन्याय नहोस् भनेर अन्तिमसम्म लागें, अझै लाग्छु : अध्यक्ष दाहाल


2.379k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका सभापति रवि लामिछानेमाथि अन्याय नहोस् भन्नका लागि आफूले अन्तिमसम्म प्रयास गरेको बताउनुभएको छ ।

सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि अध्यक्ष दाहालले भिजिट भिसाबारे रास्वपाले असहमति जनायो तपाईंहरुले सहमति जनाउनुभएको हो भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले आफूले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका निम्ति अन्तिमसम्म प्रयास गरेको बताउनुभयो । अझ पनि त्यही प्रयासमा आफू रहेको बतउनुभयो । रास्वपाका नेताहरुले यो कुरा पछि ब्झ्ने उहाँको भनाइ छ ।

अध्यक्ष दाहालले बैठकमा सदनको अहिले भइरहेको परिस्थितिको बारेमा समीक्षा गरिएको पनि बताउनुभयो । समाजवादी मोर्चालाई कसरी लैजाने र दुई पार्टीको सम्बन्धको बारेमा पनि सामान्य छलफल भएको बताउनुभयो ।