Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


अछाममा कहाँ–को विजयी ?


0
Shares

नेपाली कांग्रेस–माओवादी केन्द्र गठबन्धनलाई उछिन्दै एमालेका पदम बोहरा प्रमुख पदमा विजयी भएका हुन् । बोहराले ४ हजार ६९१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चन्द्रप्रसाद ढुंगानाले ४ हजार ५५३ मत ल्याए ।

उपप्रमुखमा पनि एमालेका सरिता उपाध्याय विजयी भइन् । आफ्ना निकटतम् प्रतिद्वन्द्वीभन्दा करिब २ हजार मत अन्तरले उपाध्याय विजयी भएकी छन् । उपाध्यायले ४ हजार ९११ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका रोहिनाकुमारी भण्डारीले ३ हजार ७६ मत प्राप्त गरिन् ।

नगरपालिकामा रहेका १४ वडामध्ये बहुमत वडा भने कांग्रेसले जितेको छ ।

यस्तै, विनायक–पञ्चदेवल नगरपालिकामा कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसका देवराज देवकोटा ३३५५ मत ल्याइ प्रमुखमा विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका नन्दबहादुर कडायतले ३०७५ मत प्राप्त गरे ।

उपप्रमुखमा पनि कांग्रेसका अम्बिका चलाउने ३९६० मत ल्याइ विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी लक्ष्मी बोगटीले ३२१२ मत ल्याएकी छन् ।

कमलजार नगरपालिकामा पनि कांग्रेस विजयी भएको छ । कांग्रेसका ओमप्रकाश विष्ट ३५८७ मत ल्याइ प्रमुखमा विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका दीपक अधिकारीले ३२७७ मत ल्याए ।

उपप्रमुखमा पनि कांग्रेसकै भूमिसरा बजगाइँ ३६७२ मत ल्याइ विजयी भइन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी मना अधिकारीले ३२३७ मत प्राप्त गरिन् ।

अछामको ढकारी गाउँपालिकामा पनि कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसका धनबहादुर बुढा अध्यक्षमा ३४५४ मत ल्याइ विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका नवराज साउदले २९३० मत ल्याए ।

उपाध्यक्षमा पनि कांग्रेसकै लक्ष्मी साउद ३३९१ मत ल्याइ विजयी भइन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका हेमा शाहीले २९०२ मत प्राप्त गरिन् ।

यस्तै, बान्नीगढी–जयगढ गाउँपालिका र मेल्लेख गाउँपालिकामा कांग्रेस माओवादीको गठबन्धन विजयी भएको छ ।

बान्नीगढी–जयगढ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजेन्द्र खड्का २७९३ मत ल्याइ विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका कमल तिमल्सिनाले २३१९ मत ल्याए ।

उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका लोकेन्द्र साउद २४३६ मत ल्याइ विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी निर्मला रावलले २३८१ मत ल्याइन् ।

मेल्लेख गाउँपालिकाको अध्यक्षमा पनि कांग्रेस–माओवादी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका लोगबहादुर बोहरा ४५०९ मत ल्याइ विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका डम्बर नेपालीले ३९९२ मत पाएका छन् ।

उपाध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेसका धनबहादुर शाह ४४०८ मत ल्याइ विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी समिता महर साउदले ४ हजार २ मत प्राप्त गरिन् ।

अछाममा तीनओटा नगरपालिका र तीनओटा गाँउपालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ भने एक नगरपालिका र तीन गाँउपालिकाको मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ ।