संसदको आइतबारको बैठकमा सभामुख ओनसरी घर्तीले नेकपा एमालेका तर्फबाट प्रतिनिधित्व गर्ने सांसद लिम्बूको निधनप्रति शोकप्रस्ताव प्रस्तुत् गरेपछि बैठकले सर्वसम्मतिले पारित गरेको थियो ।
उनको निधनमा एक मिनेट मौनधारण पनि गरिएको थियो ।
सांसद लिम्बूको यही असार १० गते ६० वर्षका उमेरमा अर्बुद रोगका कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचारकोक्रममा निधन भएको थियो ।
एमाले केन्द्रीय सदस्यसमेत रहेकी लिम्बूले गाविस अध्यक्ष–उपाध्यक्ष राष्ट्रिय महासंघको केन्द्रीय अध्यक्ष एवं नेपाल महिला संघको सचिवको जिम्मेवारीसमेत सम्हालेकी थिइन् ।
संसदको अर्काे बैठक यही असार १९ गते बिहान ११ बजे बस्नेछ । रासस





प्रतिक्रिया दिनुहोस्