१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


नवनिर्वाचित मेयरले गरे सरकारी सुविधा नलिने घोषणा


0
Shares

मतदाताहरुसँग गरेको प्रतिबद्धताअनुसार थापाले विजयी भएलगत्तै आफूले पाउने तलबभत्ता सुविधा नलिने घोषणा गरेका हुन् ।

आफूले पाउने तलबभत्तासहित कुनैपनि आर्थिक सुविधा नलिने र उक्त रकम अशक्त र असहायका लागि खर्च गर्ने बताए ।

नगरपालिका क्षेत्रभित्र रहेका अशक्त र असहायहरुका लागि छुट्टै कोष खडा गरेर उनीहरुको हेरचाहका लागि रकम खर्च गर्ने थापाको भनाइ छ ।

नेपाली कांग्रेसबाट निर्वाचित थापा उद्योग वाणिज्य संघको जिल्ला अध्यक्ष र कांग्रेस केन्द्रीय सदस्य पनि हुन् ।

उनले नेकपा एमालेकी विमला पौडेललाई पराजित गरेका थिए ।