Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


सिन्धुपाल्चोकमा बस दुर्घटना, एकजनाको मृत्यु, ४१ घाइते


0
Shares

दुर्घटनामा गम्भीर घाइते सोही नपाको वडा नं १३ निवासी पाँच वर्षीया बालिका सुजाता नेपालीको धुलिखेलतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

घाइते ४१ जनामध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते सबैको काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

सो नगरपालिका–१३ को ठूलोसिरुबारीबाट काठमाडौंतर्फ जाँदै गरेको बा२ख २७०२ नम्बरको यात्रुबसले विपरीत दिशाबाट आएको बा६४प ३०२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि बस अनियन्त्रितभई सडकबाट करिब सात मिटर तल पल्टिएको थियो ।

मोटरसाइकल चालक र पछाडि बस्ने यात्रुसमेत घाइते भएको प्रहरीले जनाएको छ । रासस