Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


सेयर ब्रोकरलाई मार्जिन कारोबारको सुविधा प्रदान


0
Shares

काठमाडौं, माघ १८ । नेपाल धितोपत्र बोर्डले सेयर ब्रोकरलाई मार्जिन कारोबारको सुविधा प्रदान गरेको छ ।

मार्जिन कारोबार सुविधा प्रदान गर्नुअघि ब्रोकरहरुले बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई जानकारी दिनुपर्ने बोर्डले जनाएको छ ।

ब्याजदरको विषयमा भने बोर्डले ब्रोकर र ग्राहकलाई नै छाडिदिए पनि त्यसको प्रत्यक्ष अनुगमन भने बोर्डले गर्ने जनाएको छ ।

मार्जिन कारोबारको ब्याजदर धितोपत्र दलाल र ग्राहकबीचमा हुने सम्झौताअनुसार हुने बोर्डले जनाएको छ ।

मार्जिन कारोबार सुविधाको विषयमा दलाल व्यवसायीमार्फत् सचेतनामूलक कार्यक्रम सन्चालन गर्न नेप्सेलाई निर्देशन पनि दिइएको छ ।

ब्याजदरको विषयमा आस्वभाविक स्थिति आएमा बोर्डले हस्तक्षेप गर्ने बोर्डले जनाएको छ ।

ब्रोकरले मार्जिन कारोबार गर्न पाएसँगै बजारमा सुधार आउने बोर्डको अपेक्षा रहेको छ ।