विवेक भण्डारी (इमेज)
नवलपुर, माघ १८ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले अब राजनीतिक लडाइँभन्दा विकासको ‘लडाइँ’मा लाग्नेलाई प्रोत्साहन गर्ने बताएका छन् ।
शुक्रबारदेखि नवलपुरमा सुरु भएको होमस्टे (घरबास) एसोसिएसन नेपालको दोस्रो राष्ट्रिय सम्मेलन एवं कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले आर्थिक विकास र समृद्धिका लागि कृषि, पर्यटन र जलस्रोतको समुदयोग र व्यवस्थापन गर्नु नै यो सरकारको मुख्य जोड रहेको दाबी गरे ।
आर्थिक विकासका लागि स्थानीय सरकारदेखि केन्द्रीय सरकारले कृषि, पर्यटन र जलस्रोतको उचित प्रयोग र प्रवर्द्धनका लागि योजना बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
मुलकमा भएका उद्योगहरु बन्द भएको र आयतमा वृद्धि भएको भन्दै उनले अब सरकारले आयातलाई प्रतिस्थापित गर्दै उद्योगहरु सन्चालन गर्ने बताए ।
उपप्रधानमन्त्री पोखरेलले पर्यटन क्षेत्रको विकासमा होमस्टेले छोटो समयमा पनि राम्रो टेवा पुर्याउँदै आएकोमा प्रशंसा गर्दै यसलाई थप व्यवस्थित बनाउँदै लानुपर्नेमा जोड दिए ।









प्रतिक्रिया दिनुहोस्