Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


धुर्मुस–सुन्तलीले निर्माण गर्ने क्रिकेट रंगशालालाई जगशक्तिले दुई वर्ष सघाउने


0
Shares

काठमाडौं, माघ १८ । जगदम्बा इन्टरप्राइजेजले नयाँ उत्पादन ‘जगशक्ति गोल्ड टीमएटी छड’ बजारमा ल्याएको छ ।

जगदम्बाले आफ्नो नयाँ उत्पादन जगशक्ति गोल्ड छडको सद्भावनादूतमा चर्चित कलाकार तथा समाजसेवी सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)लाई नियुक्त पनि गरेको छ ।

राजधानीमा हालै आयोजित कार्यक्रममा जगदम्बा समूहका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा इन्टरप्राइजेजका निर्देशकहरु अनिल रुंगटा, विशाल पटवारी तथा सद्भावनादूतहरुले संयुक्तरुपमा जगशक्ति गोल्ड टीएमटी बार सार्बजनिक गरेका हुन् ।

जगदम्बा इन्टरप्राइजेजले धुर्मुस–सुन्तलीले चितवनमा बनाउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न जगशक्ति गोल्ड बारको प्रतिमेटिकटन बिक्रीबाट २० रुपैयाँ उपलब्ध गराउने निर्देशक रुंगटाले कार्यक्रममा घोषणा गरे ।

उक्त सहयोग दुई वर्षसम्म उत्पादन हुने जगशक्ति गोल्ड छडको बिक्रीबाट उपलब्ध गराइने जनाइएको छ ।

आफ्नो नयाँ उत्पादन बजारमा आएका छडमध्ये उत्कृष्ट रहेको कम्पनीको दाबी छ ।

जगशक्ति ‘गोल्ड फे ५०० डी’ टीएमटी छड परम्परागत प्रणालीबाट उत्पादित बारभन्दा उच्च गुणस्तरीय हुने कम्पनीको भनाइ छ ।

‘डी’ श्रेणीका छडहरू भूकम्पप्रतिरोधात्मक र यान्त्रिकरूपमा पूर्णसक्षम हुने उत्पादकको दाबी छ ।