Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


धनगढी उपमहानगरपालिकाको मतगणनामा विवाद


0
Shares

मतगणनाकाक्रममा मतपेटिका बन्द गर्दा लगाइएको सिलमा उल्लेखित मतसंख्या र मतदानस्थलको मुचुल्का भिडाएरमात्र नयाँ मतपेटिका खोल्नुपर्ने माग गरिएपछि विवाद भएको हो ।

धनगढी उपमहानगरपालिका–३ कोे केही मतगणना भइसकेको अवस्थामा प्रमुखका स्वतन्त्रतर्फका उम्मेदवारका पक्षले उल्लेखित मतसंख्या र मुचुल्का भिडाएरमात्र नयाँ मतपेटिका खोल्न भनेपछि विवाद भएको प्रजिअ गोविन्द रिजालले बताए ।

दलीय सहमतिमा खोलिएका मतपेटिकाको मतगणना भने अहिले पनि जारी रहेको छ । यद्यपि, नयाँ मतपेटिका खोल्ने विषयमा विवाद यथावत् छ ।

उपमहानगरको हालसम्म वडा नम्बर–१, १८ र १९ को मतगणना पूरा भइसकेको छ । वडा नम्बर–१७, २ र ३ को खोलिएका मतपेटिकाको गणना जारी छ । रासस